काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ०.०४ अंकले घटेर २६६२.०९ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बुधबार नेप्सेमा रिडि पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको ६५ करोड ४७ लाख ६६ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।
आज रिडि पावर कम्पनीका लगानीकर्ताले सबै भन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य ९.६४ प्रतिशतले बढेको छ ।
यस्तै, सुपर माई हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.३९ प्रतिशतले घटेको छ ।
कुल ३२९ कम्पनीको २ करोड २२ लाख ८२ हजार ०५० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्