इकोनोमिक मिडिया सोसाइटीका नवनिर्वाचित कार्यसमितिलाई चेम्बरको स्वागत


काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रलाइ सही बाटो तर्फ लैजान मिडिया उद्यामीसँगको सहकार्य जरुरी रहेको बताएको छ ।

आर्थिक मिडिया सञ्चालकहरूको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सम्मान कार्यक्रममा बोल्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आत्म निर्भर अर्थतन्त्र निर्माण अभियानमा इकोनोमिक मिडिया र निजी क्षेत्र एउटै वास्केटमा रहेकोले निजी क्षेत्रका भनाइहरुलाइ जनमानसमा पुर्‍याउन यस इकोनोमिक मिडिया क्षेत्रसंग सम्वन्धित लगानीकर्ता तथा सञ्चारकर्मीरूको महत्वपूर्ण भूमिका रहेको बताए ।

सरकारले प्रतिवद्धता गरेका कतिपय सुबिधाहरू व्यवहारमा उपलब्ध हुन नसकेका कतिपय उदाहरण रहेको उल्लेख गरे ।

प्रतिवद्धताहरू शब्दमा मात्र सिमित रहेकाले प्रभावकारी कार्यान्वयनका लागि सम्वन्धित पक्षलाइ घच्घच्याउन मिडियाको भूमिका अपरिहार्य रहेको अध्यक्ष मल्लाको भनाई थियो । उनले भने,“ आर्थिक एजेण्डामा हामीहरूको समान दायित्व भएकोले हामी सहकार्य गर्दै अगाडी वढ्नु जरुरी भएको छ ।”

सोही अवसरमा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक नीति निर्माणमा पैरवी गर्ने , आर्थिक मन्दीका सन्दर्भमा निजी क्षेत्रसंग समन्वय गर्ने र निजी क्षेत्रका चुनौतीहरूलाई सम्प्रेषण गर्ने उद्देश्यले संस्थाको स्थापना भएको बताए ।

उनले संस्थाको भूमिकामा केही कमजोरी भए सुझाव दिन पनि आग्रह गरे ।

उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल तथा उपाध्यक्ष उर्मिला श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

इकोनोमिक मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष सिताराम बिलासी, उपाध्यक्षद्धय सोमनाथ वास्तोला र लोचन खतिवडा महासचिव नारायण पौडेल सचिव हिम बिष्ट, सहसचिव बिष्णु जमरकट्टेल, कोषाध्यक्ष केशव भण्डारी सदस्यहरू मिलन खडका तथा सुरेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो ।