काठमाडौँ । चीनले चिया उद्योगको आधुनिकीकरण र उन्नति प्रोत्साहित गर्न नयाँ दिशानिर्देश जारी गरेको छ ।
निर्देशिकाअनुसार सन् २०३० सम्ममा सम्पूर्ण औद्योगिक क्षेत्रको आकार १.५ ट्रिलियन युआन अर्थात झण्डै करिब २१६ अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ ।
उद्योग र सूचना प्रविधि मन्त्रालयसहित पाँच सरकारी निकायद्वारा संयुक्तरूपमा जारी निर्देशिका ले चिया उद्योगको गुणस्तर र उत्पादकता उल्लेखनीय रूपमा सुधार गर्ने लक्ष्य राखिएको छ ।
सन् २०३० सम्म चीनले पर्याप्त आपूर्ति गर्नसकिने, वातावरणमैत्री, स्मार्ट र अन्तर्राष्ट्रिय प्रतिस्पर्धी चिया उद्योग प्रणाली निर्माण गर्ने योजना बनाएको छ ।
निर्देशिकाले सन् २०२८ का लागि पनि लक्ष्य निर्धारण गरेको छ,जसअनुसार परम्परागत चिया उत्पादन क्षेत्रहरूमा स्थिर प्रगति हासिल गर्ने र स्थानीय विशेषता अनुसारका चिया उद्योगहरूको गुणस्तर तथा कार्यक्षमता अझै सुधार गर्ने उद्देश्य छ ।
यसले चिया उद्योग–शृङ्खलाको आधुनिकीकरणमा बल पुर्याउने, उत्पादनका प्रकारहरू विविधीकरण गर्ने र उपभोगका परिदृश्यहरू विस्तार गर्ने विश्वास गरिको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
लक्ष्यहरू प्राप्त गर्न चिनले वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन सुदृढ गर्ने,बजार–उन्मुख उद्योग इकाइहरूको विकास गर्ने र विशिष्टकृत औद्योगिक क्लष्टहरू अगाडि बढाउने लगायतका विषयलाई प्राथमिकता दिएको छ ।
साथै चियाका कच्चा पदार्थ तथा तत्वहरूको प्रयोग घरायसी सामान, दैनिक उपभोग्य वस्तु, कस्मेटिक्स र स्वास्थ्य–सम्बन्धी क्षेत्रमा विस्तार गर्न पनि प्रोत्साहन गर्ने विषय नीति निर्देशिकामा समावेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्