काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको सूचीकरण र वर्गीकरण/पुनर्वर्गीकरण प्रक्रिया समयमै सम्पन्न गर्न अन्तिम म्याद तोकेको छ।
मन्त्रालयका अनुसार गृह मन्त्रालयसँग समन्वय गरी सो प्रक्रिया फागुन १ गतेदेखि १५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ।
यस अन्तर्गत, जेनजी आन्दोलनका घाइतेहरूको विवरण तयार गर्ने सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई म्यादभित्र अर्थात् फागुन १५ गतेभित्र सम्बन्धित विवरण मन्त्रालयको इमेल ठेगाना [email protected] वा [email protected]
मा पठाउन निर्देशन दिइएको छ।
मन्त्रालयका अनुसार सो अवधिमा प्राप्त भएका निवेदनको छानविन गरी अन्तिम नामावली प्रकाशित गरिनेछ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यस सम्बन्धमा सबै स्वास्थ्य संस्थाहरूलाई समयमै विवरण पठाउन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्