कृषिका १३ सह-सचिवको सरुवा, प्रदेश सचिव संघमा तानिए, संघबाट प्रदेश पठाइए (सूची सहित)


काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षीतर्फका १३ सहसचिवको सरुवा गरेको छ । मंगलवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरिय निर्णय अनुसार राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीको सरुवा गरिएको हो ।

सातै प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवलाई संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालय तानिएको छ भने संघीय मन्त्रालय मातहतका ६ सहसचिवलाई प्रेदश सचिवको जिम्मेवारी दिएर पठाइएको हो ।

प्रदेश सचिवहरुमा प्रेदश १ बाट निरु दाहाल पाण्डे, प्रदेश २ बाट सम्झना कुमारी काफ्ले, बाग्मती प्रदेशबाट मतिना बैद्य, गण्डकी प्रदेशबाट शवनम सिवाकोटी (अर्याल), लुम्बिनीबाट रेवतीरमण पौडेल, कर्णालीबाट राजेन्द्र प्रसाद मिश्र र सुदूरपश्चिमबाट डा. किसनलाल भट्टलाई संघीय मन्त्रालयमातहत तानिएको छ ।

संघीय मन्त्रालयबाट सहसचिवहरु हरि बहादुर केसीलाई गण्डकी प्रदेश, रामानन्द तिवारीलाई प्रेदश १, नम्रता सिंहलाई प्रदेश २, डा. शान्ता कार्कीलाई लुुम्बिनी प्रदेशमा, डा. शरण कुमार पाण्डे बाग्मती र मदनसिंह धामीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको हो । कर्णालीको कृषि सचिव खाली राखिएको छ ।