काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख १३ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख १४ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेर ५ हजार ५८५ रूपैयामा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्