‘बीमाको पहुँच देशको सबैक्षेत्रमा पुर्‍याउँछौं’


काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले ७ वटै प्रदेशमा अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गरिने बताएका छन् ।

कम्पनीको २५औँ बार्षिक साधारण सभामा अध्यक्ष ढकालले आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आर्थिक वर्षमा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी दिए । उनले सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने उल्लेख गरेका छन् ।

“बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पु¥याउने उदेश्यले ७ वटै प्रदेशबाट ग्राहकहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेका छौँ । बीमा अर्थतन्त्रको उत्कृष्ट हिस्सा बनिरहेको अवस्थामा यसको पहुँच विस्तार तथा विकासको लागि प्रयत्न गर्दै छौं,” उनले भने, “आगामी दिनमा डिजीटलाइजेसनको माध्यमबाट गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित कम्पनी अगाडी बढी रहेको छ ।”

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नियमनकारी निकायको निर्देशन सहित लघु बीमा, कृषि तथा पशु बीमा लगायत पारिवारिक स्वस्थ्य बीमालाई अगाडी बढाउँदै बीमा सेवालाई जनस्तरसम्म पु¥याउनको लागि ७ वटै प्रदेशहरुमा रहेका शाखाहरु मार्फत सेवा विस्तार गरेको पनि जानकारी दिए ।

उनले सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा संचारलाई व्यवस्थित गर्दै डिजिटाइजेसनमा विषेश ध्यान दिएको बताए ।