छिमेक लघुवित्तको संस्थापक सेयर सर्वसाधारणको लागि विक्री खुला


काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर सर्वसाधारणका लागि विक्री खुला गरिएको छ । विनीता अधिकारीको नाममा रहेको ४२ हजार २३५ कित्ता सेयर संस्थापक सेयरधनीले नकिनेपछि सर्वसाधारणको लागि विक्री खुला गरिएको हो ।

न्यूनतम मूल्य प्रतिकित्ता ४१० रुपैयाँ कायम गरी विक्री खुला गरिएको उक्त सेयरमा आगामी १५ दिनभित्र निवेदन दिन सकिने जनाइएको छ ।