काठमाडौँ । आइतबार नेपाल राष्ट्र बैंकले एक खर्ब १० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ८७ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो।
बोलकबोलको माध्यमबाट हुने निक्षेप संकलनको सावाँब्याज राष्ट्र बैंकले २०८३ जेठ १३ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्