नेप्से ४० अंकले घट्यो, कारोबार रकम करिब साढे ५ अर्बमा सीमित


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से बुधबार पनि ओरालो लागेको छ । बुधबार नेप्से ४० अंकले ओरालो लाग्दा कारोबार रकम पनि खुम्चिएको छ ।

आज नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि ७.१६ अंकले घटेर ५३८.५० अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ । आज कारोबार रकमका आधारमा अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले नै अग्रता कायम गरेको छ । कम्पनीको २२ करोड १४ लाख ७० हजार ७ सय ५६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज मनकामना लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ८.२३ प्रतिशतले बढेर ८ सय १८ रूपैयाँ १० पैसा पुगेको छ ।

त्यस्तै आज दिन राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयरको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ ।

कूल २२२ वटा कम्पनीको एक करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २ सय ५१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।