३७ सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ७०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १६ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३ लाख १३ हजार २०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ६५ रूपैयाँले घटेर ५ हजार ४१० रूपैयाँ कायम भएको छ ।