मध्यपूर्वको प्रभाव नेपालमा देखिएको छैन, ग्यास, डिजेल, पेट्रोल बढी मूल्यमा विक्री गरे कार्वाही हुन्छः आयल निगम


नेपाल आयल निगमले मध्यपूर्वमा देखिएको समस्याका कारण हालसम्म नेपालमा प्रभाव नपरेको जनाएको छ । युद्धको असर नेपालमा नपरेकोले यदि ग्यास, डिजेल, पेट्रोल बढी मुल्यमा विक्री गरे कारबाही गर्ने जनाएको हो ।

निगमको निर्देशन विपरित अनावश्यक रुपमा ग्याँस सिलिन्डर होल्डिङ गरेको पाईए, बढी मुल्य लिई ग्याँस तथा पेट्रोलियम पदार्थ विक्री गरेमा, नयाँ सिलिन्डरको बजारीकरण गरेको पाईएमा नेपाल सरकारको कानुन बमोजिम कारवाही हुने जनाएको छ ।

विश्वका कतिपय मुलुकहरुले पेट्रोलियम पदार्थको बिक्री बितरण र प्रयोगमा सुरक्षात्मक उपाय अवलम्बन गरिसकेका छन्।

पूर्ण रुपमा आयातमा पर निर्भर भएकोले खपतमा केहि सुरक्षात्मक प्रबन्ध गर्न जरुरी भएकाले निगमले आम उपभोक्तावर्गमा तपशिल अनुसार खपत कम गर्ने उपाय अवलम्बन गर्न अनुरोध गरेको छ ।

पेट्रोलियम पदार्थ तथा ग्याँसको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्ने, मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्ने, अनावश्यक भण्डारण नगर्ने, ग्याँसको सट्टा बिजुलीको खपत बढाउने, राइड सेयररिङको व्यवस्था गर्ने र विद्युतका लागि जेनेरेटर आदि नचलाउन भनेको छ ।

औद्योगिक प्रयोगमा पेट्रोलियम पदार्थ तथा ग्याँसको खपत कम गर्ने, इन्धन तथा एल.पि. ग्याँसको आयात र विक्री वितरणको अवस्था नियमित भईरहेको एवं आगामी दिनमा पनि निरन्तर हुँदै जाने भएता पनि विश्वमा पर्ने प्रभावबाट नेपाल पनि अछुत हुन नसक्ने सम्भावनालाई मध्यनजर गरी आवश्यक परिमाणमा मात्रा इन्धन तथा ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न निगमले अनुरोध गरेको छ ।