रुसले भन्यो,‘विश्व ऊर्जा बजारलाई हाम्रो तेल आवश्यक छ’


काठमाडौँ । रुसले आफ्नो तेल बिन विश्व ऊजाबजार स्थिर नरहने दाबी गरेको छ ।

इरानसँगको युद्धपछि अमेरिकाले रुसको तेलमाथिको प्रतिबन्द खुकुलो बनाएसँगै यस्तो प्रतिक्रिया आएको हो । रुसका आर्थिक दूत किरील दिमित्रिएभले विश्व ऊर्जा बजार ‘रुसको तेल बिना स्थिर रहन नसक्ने’ दाबी गरेको बिबिसीले जनाएको छ ।

उनले टेलिग्राममा लेखेका छन्,“संयुक्त राज्य अमेरिका प्रभावकारी रूपमा स्पष्ट कुरा स्वीकार गर्दैछ कि रुसी तेल बिना विश्व ऊर्जा बजार स्थिर रहन सक्दैन ।”

उनका टिप्पणीहरू अमेरिकाले समुद्रमा रहेका ट्याङ्करहरूमा लोड गरिएको, प्रतिबन्धित रूसी तेल तथा पेट्रोलियम अस्थायी रूपमा खरीद गर्न देशहरूलाई अनुमति दिएको घोषणापछि आएका हुन् ।

अमेरिकाले भने यो कदमलाई युद्धको समयमा ‘विश्व ऊर्जा बजारमा स्थिरता प्रवर्धन’ उठाएको बताएको छ ।

अमेरिका-इजरायल र इरानबिचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा विश्वभर तेल र ग्याँसको समस्या देखिन थालेको छ ।