काठमाडौँ । आइतबार नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट २८ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।
यसको सावाँब्याज राष्ट्र र्बैंकले २०८२ चैत २९ गते भ्ुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्