काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान संविधानप्रति पार्टी प्रतिवद्ध रहेको बताएका छन्।
बुधबार पार्टीका सांसदहरुको अभिमुखिकरण कार्यक्रम समापन गर्दै सभापतिले शासकीय संरचनामा केही सुधार आवश्यक रहेको भए पनि संविधान र वर्तमान व्यवस्थाप्रति प्रतिबद्धता डगमगाएको छैन भनी स्पष्ट पारेका हुन् ।
सभापति लामिछानेले सांसदहरुलाई पनि संविधान र व्यवस्थाप्रति डगमगाउन नदिन आग्रह गर्दै पुराना नेताहरुले देशका लागि गरेका योगदानलाई नजरअन्दाज नगर्नु पर्नेमा जोड दिए।
उनले भने, “वर्तमान संविधान र व्यवस्थाप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन र डगमगाउने वाला पनि छैन। यहाँहरुले पनि डगमगाउन दिनुहुने छैन भन्ने म विश्वास लिएको छु। इतिहास रच्न एउटा व्यक्ति वा एउटा पार्टीको मात्र हात हुँदैन। विभिन्न पुराना दलका नेताहरुले त्याग र तपस्या गरेर यो दिन ल्याउनुभएको हो। उहाँहरुले गरेका योगदानलाई नजरअन्दाज गर्ने र अपमानित गर्ने हक कसैलाई छैन।”
सभापति लामिछानेले पुराना दलका नेताहरुको योगदानको सम्मान गर्नुपर्ने र इतिहासलाई समग्र दृष्टिले हेर्नु पर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया दिनुहोस्