थाइल्याण्डले हर्मुज जलसन्धिमा तेल ट्याङ्करहरूको लागि सुरक्षित मार्ग सुनिश्चित गर्‍यो


थाइल्याण्डले क्षेत्रीय साझेदारहरूसँगको कुटनीतिक समन्वयपछि हर्मुज जलसन्धिबाट आफ्ना तेल ट्याङ्करहरूको लागि सुरक्षित मार्ग सफलतापूर्वक सुनिश्चित गरेको छ ।

यसले मध्य पूर्वमा जारी तनावका बिच सम्भावित ऊर्जा आपूर्ति अवरोधहरूको चिन्ता कम गर्न मद्दत पु¥याएको छ । परराष्ट्र मन्त्रालयकाअनुसार मार्च ११ मा हर्मुज जलसन्धिमा यात्रा गरिरहेको बेला थाइल्याण्डको कार्गो जहाज ‘मयूरी नारी’ माथि आक्रमण भएपछि थाइल्याण्डले प्रत्यक्ष कुटनीतिक सञ्चारमा संलग्न भई थाइल्याण्डका जहाजहरू द्वन्द्वमा संलग्न नरहेको स्पष्ट पारेको छ ।

उक्त आक्रमणमा चालक दलका तीन सदस्य बेपत्ता भएका थिए । शनिवार आयोजित पत्रकार सम्मेलनमा थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले जारी विश्वव्यापी ऊर्जा संकटको बढ्दो दबाबका बीच सरकारले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने प्रयासलाई तिब्रता दिइरहेको छ ।