काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको हो ।
श्रेष्ठ समूहले सोमबार काठमाडौँमा कार्यक्रम गरेर महासङ्घको नयाँ विधान अनुरुप उपाध्यक्ष सहित १७ जनाको उम्मेदवारी घोषणा गरेको हो ।
उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्वात गरिएको छ ।
कार्यकारिणी समिति सदस्यमा सङ्घको तर्फबाट कमला श्रेष्ठ, भक्तबहादूर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे छन् ।
यस्तै हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादूर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारी पनि सदस्यको उम्मेदवार छन् ।
महासङ्घकोतर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरूमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली रहेका छन् ।
समूहमा कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आईटी, घरजग्गा व्यवसाय, जलविद्युत् लगायत सबैजसो क्षेत्रलाई समावेश गरी आफ्नो टीम निर्माण गरिएको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले जानकारी दिए ।
आफूहरूले सवै क्षेत्रलाई समावेश गरी बलियो र शसक्त टीम घोषणा गरेको दाबी गरे ।
उनले भने,“ हामीले सबै क्षेत्रलाई समावेश गरेर सशक्त र जुझारू व्यवसायी समावेश गरी वस्तुगततर्फको टीम निर्माण गरेका छौँ ।”


प्रतिक्रिया दिनुहोस्