काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ हजार ७०० रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला२ लाख ८३ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ९० हजार २०० रूपैयाँ रहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १४५ रूपैयाँले बढेर ४ हजार ८४५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्