काठमडौँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुख फातिह बाय्रोलले विश्वले इतिहासकै ठुलो ऊर्जा सङ्कट भोगिरहेको बताएका छन् ।
विश्वमा अहिले चलिरहेको द्वन्द्वले विश्वले अहिलेसम्म भोगेको सबैभन्दा गम्भीर ऊर्जा सङ्कट निम्त्याएको बाय्रोलको निष्कर्ष छ ।
फ्रान्स इन्टर रेडियोलाई दिएको अन्तर्वार्तामा बाय्रोलले भनेका छन्, “यदि रूससँग सम्बन्धित पेट्रोल सङ्कट र ग्यास सङ्कटका प्रभावलाई एकसाथ हेर्ने हो भने, यो सङ्कट पहिले नै अत्यन्तै ठुलो भइसकेको छ । यो निश्चय नै इतिहासकै सबैभन्दा ठुलो सङ्कट हो ।”
गत मार्च महिनामा, अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि त्यसको सामना गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले रणनीतिक भण्डारणबाट ४० करोड ब्यारेल तेल बजारमा छाड्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्