काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ ।
गत चैत २९ र ३० गतेको साधारण सभा स्थगित भएपछि महासङ्घको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठक बस्न लागेको हो ।
बैठकमा स्थगित साधारण सभा वैशाख २१ गते गर्ने पदाधिकारी बैठकको निर्णयको अनुमोदन र सदस्यता विवाद लगायत विषय एजेन्डामा समावेश छन् ।
१८ वस्तुगत सङ्घको सदस्यता विवाद समाधान गरेर मात्रै साधारण सभा गर्न उच्च अदालत पाटनले आदेश दिएपछि महासङ्घको साधारण सभा समेत स्थगित भएको थियो ।
महासङ्घको सदस्यता सिफारिस समितिले १८ ओटा वस्तुगत सङ्घको मापदण्ड नपुगेको भन्दै सदस्यता दिन नमिल्ने सुझावसहितको प्रतिवेदन बुझाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्