काठमाडौँ । अमेरिकाले युद्ध अन्त्य गर्न इरानले पठाएको नयाँ प्रस्तावमाथि छलफल भइरहेको बताएको छ ।
ह्वाइट हाउसले युद्ध अन्त्य गर्न सम्बन्धित इरानी प्रस्तावमाथि छलफल भइरहेको पुष्टि गरेको हो ।
प्रेस सेक्रेटरी क्यारोलिन लेभिटका अनुसार इरानको प्रस्तावमा छलफल भइरहे पनि अमेरिकाको निर्णय भने यथावत रहेको जानकारी दिइन् ।
इरानले युद्ध अन्त्यका लागि स्ट्रेट अफ हर्मुज खोलेर युद्ध अन्त्यका लागि बाटो खोल्नुपर्ने प्रस्ताव गरेको छ ।
स्ट्रेटफ हर्मुजबाट आवतजावत गर्ने मालबाहक जहाजलाई रोकिरहेको छ भने इरानले पनि खोल्न मानेको छैन ।
पाकिस्तानमा यसैसाता हुने दुईपक्षीय दोस्रो चरणको वार्ता हुन नसकेपछि अमेरिका र इरानले नयाँ पहल गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्