काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
निगमका अनुसार आजैदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ ।
हवाइ इन्धनको मूल्य भने बढाइएको छ ।
आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ । अब काठमाडौँमा पेट्रोलको मूल्य २१७ रुपैयाँ, सुर्खेत र दाङमा २१६ भएको छ ।
एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले बढेको छ । अब पुरा सिलिन्डर खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्