काठमाडौँ । अमेरिका र इरान युद्धका कारण स्ट्रेट अफ हर्मुजमा झण्डै २० हजार नाविक र २ हजार मालबहाक जहाज फसेका छन् ।
अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको तथ्याङ्कअनुसार ठुला सङ्ख्यामा नविक र मालबहाक जहाज फसेका हुन् ।
यसलाई निकाल्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मद्दतको घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्पकाअनुसार अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा फसिरहेका जहाजहरूलाई बाहिर निकाल्न मद्दत गर्ने छ । यो आजदेखि नै सुरु हुने छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सहयोग गरिने जहाजहरू युद्धसँग कुनै पनि रूपमा संलग्न नभएका विश्वका विभिन्न क्षेत्रबाट आएका हुने उल्लेख गरेका छन् ।
जहाज निकासका लागि गाइडेड–मिसाइल डिस्ट्रोयर जहाजहरू, १०० भन्दा बढी स्थल तथा समुद्री विमानहरू र १५ हजार सैनिक संलग्न हुनेछन् । अमेरिकाको यो घोषणा सँगै विश्वबजारमा कच्चा तेलको मूल्य घटेको छ ।



प्रतिक्रिया दिनुहोस्