शुक्रबार सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १२० रुपैयाँले बढेर ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा सुनको मुल्य प्रति औँस चार हजार ७१५ र प्रति औँस चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।