काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भूवनबहादुर सुनारले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिशाहीन रहेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारको नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको टिप्पणी गरेका हुन् ।
उनले नीति तथा कार्यक्रमले अगामी पाँच वर्षको रोडम्याप प्रश्तुत गर्न सक्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।
सरकारले प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्नु सकारात्मक भएपनि नीति तथा कार्यक्रमले नागरिकमा उत्साह पैदा गर्न नसकेको टिप्पणी गरे ।
उनले भने, “सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुलुकको अर्थतन्त्र कता लैजना खोजिएको हो ? स्पष्ट छैन । पहिलो वर्षदेखि पाँचौँ वर्षसम्म के गर्ने भन्नेबारे स्पष्ट खाका हुनुपथ्र्यो त्यस्तो केही पनि देखिँदैन । सरकारले प्रविधिको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारको नीति तथा कार्यक्रम धेरै महत्वकाँक्षी नहुनु सकारात्मक कुरा हुँदा हुँदै पनि नीति तथा कार्यक्रमले नागरिकलाई निराश बनाएको छ । सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विगतभन्दा पनि अस्वस्थ छ । यसले जनतामा कुनै पनि उत्साह पैदा गर्न सकेको छैन । नागरिबको तहसम्म पुग्नको लागि यसले कुनै खाका बनाउको देखिँदैन । त्यसैले जेठ १५ को बजेट पनि यसैको पेरिफेरीमा त आउने होला नि ।”
प्रश्तुत नीति तथा कार्यक्रमले उत्पीडित समुदायको मा आशा बढाउन नसकेको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्