कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा एक हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ९० हजार ५०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेर ५ हजार ८० रूपैयाँमा कारोबार भइरहेको छ ।