एप्पलले फोल्डेबल फोन ल्याउँदै


काठमाडौं । एप्पलले हाल आफ्ना दुई ओटा फोल्डेबल फोनमा काम गरिरहेको बताइएको छ । सामसङभन्दा पछाडि परिरहेको फोल्डेबल डिभाइसको क्षेत्रमा प्रतिस्पर्धामा आउने हिसाबले एप्पलले काम गरिरहेको बुझिएको हो ।

विशेष स्रोतहरुले यो वर्ष फ्लेक्सिबल डिस्प्लेयुक्त डिभाइस उपलब्ध हुने बताइरहँदा सामसङ ग्यालेक्सी जेड फोल्ड तथा ग्यालेक्सी जेड फ्लिपजस्तै देखिने दुई ओटा डिभाइसको विकासमा लागिरहेको बुझिएको छ ।

एप्पलसँग हाल ७.५ इन्चको पातलो बेजलयुक्त डिस्प्लेको प्रोटोटाइप रहेकोमा डिभाइस आउने बेलासम्म नयाँ प्रकारको ओएलईडी डिस्प्ले आउन सक्ने अपेक्षा गरिएको छ । फोल्डेबल आईफोन २०२३ मा आउन सक्ने बताइएको छ ।