काठमाडौँ । २०८२ फागुनसम्म करिब ४ करोड टेलिफोन प्रयोगमा रहेका छन् । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२ ८३ अनुसार २०८२ फागुनसम्म ३ करोड ९६ हजार ७७६ टेलिफोन प्रयोगमा रहेका छन्।
२०८२ असारसम्म यस्तो सङ्ख्या २ करोड ९७ लाख २७ हजार ९१६ रहेको थियो। ८ महिनामा झन्डै एक करोड टेलिफोन प्रयोग बढेको छ ।
मोबाइल सेवाको विस्तारसँगै आधारभुत (फिक्स्ड) टेलिफोनको सङ्ख्या घट्दै गए जनाइएको को छ। २०८२ फागुनसम्म ४ लाख १५ हजार फिक्स्ड टेलिफोन प्रयोगमा रहेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकमार्फत उपलब्ध गराएको डाटारइन्टरनेट सेवा २०८२ फागुनसम्म ४ करोड २४ लाख ८९ हजार प्रयोगकर्ताले प्रयोग गरेका छन् ।
२०८२ फागुनसम्म इन्टरनेट ग्राहकको घनत्व १४५.७ प्रतिशत पुगेको छ। यस्तो घनत्व २०८२ असारसम्म १३९.५ प्रतिशत रहेको थियो। हालसम्म फोरजी सेवाको पहुँच ८९.६ प्रतिशत जनसङ्ख्यामा पुगेको छ। १५० सरकारी निकायका वेबसाइट सञ्चालनमा आएका छन् ।



प्रतिक्रिया दिनुहोस्