काठमाडौँ । सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/ ८४को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एआई कम्प्यूट सेन्टर स्थापना गर्ने घोषणा गरेका हुन् ।
उनका अनुसार, यो सेन्टर देशकै पहिलो सार्वभौम सेन्टर हुनेछ ।
वाग्लेले भने, ‘हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्युट क्षमता उपलब्ध गराउनेछौं ।’



प्रतिक्रिया दिनुहोस्