कर विवरण अब ७ दिनभित्र सच्याउन पाइने


काठमाडौँ । कर विवरण अब ७ दिनभित्र सच्याउन पाइने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ काे बजेटले तोकिएको प्रक्रिया पुरा गरेर कर विवरण ७ दिनभित्र सच्याउन पाइने व्यवस्था गरेको हो ।

आर्थिक विधेयकमा करदाताबाट म्यादभित्र पेश भएको कर विवरण अन्यथा भईं संसोधन गर्न चाहेमा विवरण पेश गरेको मितिले सातदिनभित्र विभागले तोकेको प्रक्रिया बमोजिम कर विवरण संसोधन गर्न सक्ने उल्लेख छ ।