काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
पुनर्गठित मन्त्रिपरिषदमा पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् । नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्रीमा एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरूले जेठ २५ गते सोमबार सपथग्रहण गर्ने तय गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्