काठमाडौँ । मुस्ताङ नाकाबाट छुटेका विद्युतीय गाडी सशस्त्र प्रहरीले नियन्णमा लिएपछि भन्सार विभाग र अर्थ मन्त्रालयले केन्द्रबाट अध्ययन टोली खटाएको छ ।
विद्युतीय गाडीहरू पक्राउ परेको र मुस्ताङ भन्सारमा कैफियत भए नभएको विषयमा अध्ययन गर्न केन्द्रबाट विभागका निर्देशक र अर्थ मन्त्रालयबाट उपसचिवसहितको टोली टोली खटिएको हो ।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले विभागले निर्देशकको नेतृत्वमा टोली खटाएको जानकारी दिए ।
उनले भने,“हामीले निर्देशकको नेतृत्वमा टोली पठाएका छौँ । अर्थ मन्त्रालयबाट पनि उपसचिवको टोली जानु भएको छ । यसमा सबै विषयमा के भएको हो सबै विषय स्पट आउँछ ।”
महानिर्देशक भण्डारीले आफूहरूलाई समस्या छ भन्ने नलागेको तर प्रश्न उठेपछि स्पष्ट हुन आवश्यक रहेको बताए ।
उनले भने,“बजेटभन्दा केही समयअघि मात्रै छुटेकाले केही आशङ्का देखिएको हो । यसमा थप केही छ भन्ने हामीलाई लाग्दैन । तर आशङका दुर गर्नुपर्छ ।”
सशस्त्र प्रहरीले पनि आदेश पालना गरेर गाडी नियन्त्रणमा राखेको महानिर्देशक भण्डारीको भनाई छ ।
बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले मिलेमतोमा बजेटबाट कर बढाउनुअघि नै गाडी भित्राएको आशङ्कमा सशस्त्र प्रहरीले आज सातसय भन्दा बढी गाडी नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका धेरैजसो गाडी बिवाइडीका छन् ।
सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले सूचना चुहाएर बजेट अघि नै भन्सार छलेको आशङ्कामा गाडीहरू नियन्त्रणमा लिइएको जानकारी दिए । उनले भने,“पक्राउ परेका धेरैजसो गाडी बिवाइडीकै हुन् ।”



प्रतिक्रिया दिनुहोस्