काठमाडौँ । नेपालमा हाल माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्ने महाशाखाको अनुमान छ ।
दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै मधेश प्रदेश लगायत, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्