काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम भ्लोन लामाले ऊर्जा क्षेत्रलाई संकटको अवस्थाबाट बाहिर निकाल्न सरकार, निजी क्षेत्र र उपभोक्ताबीचको सहकार्य निर्णायक रहेको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रमममा विगतमा १६ घण्टासम्मको लोडसेडिङको अवस्थाबाट देशलाई मुक्त गराउन ऊर्जा उद्यमीहरूको लगानी र जोखिमपूर्ण प्रयास महत्वपूर्ण रहेको बताउँदै अहिलेको संकटबाट पनि पार लगाउन सकिने बताए ।
लामाले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्दै अब उर्जा क्षेत्रका समस्या दुई हिसाबले सम्बोधन गरेर जान जरुरी रहेको उल्लेख गरे । उनकाअनुसार बजेटरी सपोर्ट आवश्यक पर्ने र नन–बजेटरी सुधार आवश्यक पर्ने भएकाले त्यस अनुसार राज्यले निर्णय लिनुपर्छ । ट्रान्समिसन तथा वितरण पूर्वाधारमा ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रको भूमिकालाई अझ विस्तार गर्नुपर्ने उनले बताए ।
उनकाअनुसार नीतिगत सुधारतर्फ ओपन एक्सेसको पूर्ण कार्यान्वयन, क्रस–बोर्डर विद्युत व्यापारका लागि सरल लाइसेन्स प्रक्रिया, ग्रिड कोड तथा गाइडलाइनको हार्मोनाइजेसन, विवाद समाधान संयन्त्र र विद्युत खरिद सम्झौता प्रक्रियालाई सरल बनाउने विषयलाई प्रमुख एजेन्डाका रूपमा प्रश्तुत गरे ।
आज देश ३ हजार ६०० मेगावाटभन्दा बढी विद्युत उत्पादनको अवस्थामा पुगेको र यसमा निजी क्षेत्रको योगदान बढिरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्