नेपालको आयात १५ प्रतिशत र निर्यात १२ प्रतिशतले बढ्यो


काठमाडौँ । नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले २१ खर्ब ७२ अर्ब ६ करोड ६१ लाख ३३ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाललले १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

चालू आर्थिक वर्षको ११ महिनामा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख ७१ हजार रूपैयाँ बराबरको आयात गरेको छ । नेपालको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रूपैयाँ बराबरको आयात गरेको थियो ।

नेपालको निर्यात १२.२८ प्रतिशतले बढेको छ । यो अवधिमा नेपालले २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रूपैयाँ बराबर निर्यात भएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा नेपालले २ खर्ब ४७ हजार ५७ करोड २ लाख १३ हजार रूपैयाँ बराबरको निर्यात गरेको थियो ।

नेपालको व्यापार घाटा १५.६७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ११ महिनामा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख ७३ हजार रूपैयाँ रहेको नेपालको व्यापार घाटा चालू आर्थिक वर्षको ११ महिनामा १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख १० हजार रूपैयाँ बराबर रहेको छ ।