अमेजनले ६०० चिनीया ब्राण्डको उत्पादन बिक्री नगर्ने


काठमाडौं । अमेजनले ६०० चिनीयाँ ब्राण्डको उत्पादनलाई कम्पनीलाई प्रतिबन्ध गरेको छ । रिभ्यू पोलिसीको उल्लंघन गरेको भन्दै अमेजनले ति चिनिया ब्राण्डको उत्पादन बिक्री नगर्ने भएको हो ।

अमेजनले बताए अनुसार ति कम्पनीलेसकारात्मक समिक्षा गर्नको लागि ग्राहकलाई गिप्mट कार्डको प्रस्ताव गर्ने गरेका थिए । कुनै ब्राण्डले त भिआईपी टेस्टिङ प्रोग्राम प्रस्ताव गर्ने गरेको अमेजनले जनाएको छ । कुनै ब्राण्डले वारेन्टी बढाउने प्रस्ताव पनि गर्ने गरेको जनाइएको छ ।

रिपोर्टका अनुसार कति ब्राण्डले त खराब प्रतिकृया दिनेलाई इन्सेन्टिभ पनि दिने गर्दथे । इन्सेन्टिभमा उनीहरुले रिफन्ड वा सितैमा सामान दिने गर्दथे । अमेजनले चीनलाई निशाना नबानाएको भन्दै कम्पनीको नीति नमान्नेलाई यस्तो कदम उठाइरहेको जनाएको छ ।