क्षेत्रीय शान्ति र स्थिरताप्रति पाकिस्तानको प्रतिबद्धता, इरानी विदेशमन्त्रीसँग टेलिफोन संवाद


इस्लामाबाद । पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इशाक दार र इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीबीच शनिबार टेलिफोन संवाद भएको छ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दुई नेताबीच क्षेत्रीय सुरक्षा, आपसी हित र समसामयिक विषयमा छलफल भएको थियो। संवादका क्रममा पाकिस्तानले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा दिगो शान्ति र स्थिरता कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

टेलिफोन संवादका क्रममा परराष्ट्रमन्त्री दारले क्षेत्रीय शान्ति, स्थिरता र सहकार्यका लागि पाकिस्तान सधैँ प्रतिबद्ध रहेको तथा यसका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।

पाकिस्तानले पछिल्लो समय छिमेकी मुलुकहरूसँगको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै क्षेत्रीय शान्ति र स्थिरता प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको छ। परराष्ट्र मन्त्रालयले इरानी समकक्षीसँग भएको यो संवादलाई सोही प्रयासको निरन्तरताका रूपमा उल्लेख गरेको छ।

– न्युज एजेन्सी नेपाल (सिन्ह्वाको सहयोगमा)