सोमबार सुनचाँदीको मूल्य स्थिर


काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार आइतबार एक लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रहि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख २ हजार ७०० रुपैयाँ रहेको छ ।

महासंघको विवरण अनुसार आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो तोलाको १२९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रही सोही मूल्यनै कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ ।