कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८४ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ८५ हजार २०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ९० रूपैयाँले घटेर ४ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको छ ।