काठमाडौँ । जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटी माग गरेको छ ।
न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार बीमासम्बन्धी कसुरमा भट्टलाई २ करोड रुपैयाँ र अग्रवालसँग डेढ करोड रुपैयाँ धरौटी माग गरेको हो ।
त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटी माग गरिएको छ । जिल्ला अदालत, काठमाडौँले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो ।
हिमालयन रिइन्स्योरेन्सको संस्थापक शेयर बिक्री गरेको अर्का मुद्दामा सुलभसँग अदालतले दुई करोड ३० लाख धरौटी माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्