काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तय गरेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर २०७ रुपैयाँ ४१ पैसा छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ११ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५८ पैसा छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३४ पैसा कायम छ ।
यस्तै युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ५०० रुपैयाँ ०३ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ८५ पैसा बिक्रीदर ४०९ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४०० रुपैयाँ ९१ पैसा विनिमयदर तोकिएको राष्ट्र बैँकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्