काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले खाडी क्षेत्रका द्वन्द्वरत पक्षहरूलाई संयम अपनाउन र यस क्षेत्रलाई थप अस्थिर बनाउने गतिविधिहरू नगर्न आग्रह गरेका छन् ।
इस्लामावादमा भ्रमणमा रहनुभएका इरानी गृहमन्त्री एस्कन्दर मोमेनीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री शरीफले सो आग्रह गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
भेटका क्रममा प्रधानमन्त्री शरीफले खाडी क्षेत्रमा पछिल्लो समय बढ्दै गएको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै क्षेत्रीय शान्ति र स्थिरताका लागि पाकिस्तानको प्रतिवद्धता दोहो¥याए ।
प्रधानमन्त्री शरीफले यस क्षेत्रको तनाव कम गर्न र सहज वातावरण निर्माणका लागि पाकिस्तानले एक इमानदार र निष्पक्ष मध्यस्थकर्ताको रूपमा आफ्नो भूमिका जारी राख्ने स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस्