काठमाडौँ । चिकित्सा शिक्षा शास्त्रको भर्नाको तयारी सुरु हुनै लाग्दा मेडिकल क्षेत्र सुधारका लागि भन्दै डा. गोविन्द केसीले आजदेखि फेरि अनसुन सुरु गर्दैछन् ।
उनले कैलालीको धनगढीमा सत्याग्रहमा बस्न लागेको घोषणा गरेका छन् ।
केही दिनदेखि दार्चुलामा रहेका केसी बुधबार साँझ धनगढी पुगेर एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेका केहीले त्यहीँबाट २४औँ अनसन सुरु गर्न लागेका हुन् ।
केसीले सरकार निजी मेडिकल माफियाहरूलाई पोस्न र जेहेन्दार विद्यार्थीको छात्रवृत्ति खोस्न लागेको आरोप लगाएका छन् ।
उनले भनेका छन्,“ आज नेपालको ग्रामीण स्वास्थ्य सेवा सरकारी छात्रवृत्तिमा अध्ययनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूकै भरमा टिकेको छ। तर, छात्रवृत्ति कटौती गर्ने र पूर्वाधारहीन निजी कलेजहरूमा सशुल्क सिट ‘उल्लेख्य वृद्धि’ गर्ने सरकारको गैरजिम्मेवार नीतिका कारण केही वर्षभित्रै प्राथमिक स्वास्थ्य केन्द्रदेखि अस्पतालहरू चिकित्सकविहीन हुने र सर्वसाधारणको स्वास्थ्यमा गम्भीर खेलबाड हुने निश्चित छ ।”
उनले स्थापित नियम र मूल्य मान्यता विपरीत स्वार्थको द्वन्द्व हुनेगरी दशरथचन्द मेडिकल विश्वविद्यालयसहितका चिकित्सा आयोगमा गरिएका नियुक्ति बदर गर्नुपर्ने मागसमेत गरेका छन् ।
चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारबिनाका निजी कलेजहरूमा सिट वृद्धि गर्ने प्रस्ताव र निर्णय खारेज गर्नुपर्ने पनि उनको माग छ ।
उनले भनेका छन्,“ चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरियोस् ।”
डा. केसीले आफ्ना माग पुरा गर्न २०८३ साउन ५ गतेसम्म सम्बोधन गर्न दिइएको समयसीमालाई सरकारले पूर्ण रूपमा बेवास्ता गरेको भन्दै सत्याग्रह गर्न लागेका हुन् ।
डा.केसीले चिकित्सा शिक्षाको शैक्षिक शत्र सुरु गर्ने तयारी भइरहेका बेला अनसन सुरु गर्न लागेका हुन् । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरूको अनुगमनपछि विद्यार्थीको कोटा निर्धारणन गर्ने प्रचलन छ । आयोगले मेडिकल कलेजहरूको निरीक्षणको तयारी गरेको छ ।
स्रोतकाअनुसार सरकारले विदेशी विद्यार्थीका लागि मेडिकल कलेजहरूमा कोटा बढाउने तयारी गरेको छ । यसैक्रममा डा.केसीले अनसन सुरु गर्न लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस्