नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष र उपाध्यक्षले लिए पद तथा गापनीयताको सपथ


काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आइक्यान)का अध्यक्ष र उपाध्यक्षले पद तथा गापनीयताको सपथ लिएका छन् ।

असार ३२ गते भएको चुनावबाट निर्वाचित अध्यक्ष आनन्दराज वाग्ले र उपाध्यक्ष हेमकुमार काफ्लेले बुधबार पद तथा गोपनीयताका सपथ लिएका हुन् ।

अध्यक्ष वाग्लेलाई महालेखापरीक्षकको कार्यालयमा महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

यस्तै उपाध्यक्ष काफ्लेलाई अध्यक्ष वाग्लेले ललितपुरको एक होटेलमा भएको कार्यक्रमकाबिच पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । कार्यक्रमकाबिच नवनिर्वाचित अध्यक्ष वाग्लेलाई निवर्तमान अध्यक्ष नीलबहादुर सारुले पद हस्तान्तरण गरेका थिए ।

अध्यक्षमा वाग्लेले ठाकुरप्रसाद अधिकारीलाई र उपाध्यक्ष काफ्लेले अमन उप्रेतीलाई पराजित गरेका थिए । अध्यक्ष र उपाध्यक्षको कार्यकाल एक वर्षको रहने व्यवस्था छ ।