संसोधित कर विवादमा सर्वोच्च अदालत पुगेको आइएमई लिमिटेडले फिर्ता लियो मुद्दा


काठमाडौँ । संसोधित विवादमा सर्वोच्च अदालत पुगेको आइएमई लिमिटेडले पुनरावेदन फिर्ता लिएको छ ।

तोकिएको म्यादभित्र निर्धारित कर र १ प्रतिशत थप रकम बुझाए तिर्नुपर्ने शुल्क, जरिवाना, थप दस्तुर,विलम्ब शुल्क तथा ब्याज पूर्ण रूपमा मिनाहा हुने बजेटमार्फत व्यवस्था गरेपछि आइएमई लिमिटेडले पुनरावेदन मुद्दा फिर्ता लिएको हो ।

सोमबारको कुमार रेग्मी र मेघराज पोखरेलको इजलासले आइएमई लिमिटेडलाई मुद्दा फिर्ता लिन अनुमति दिएको छ ।

आइएमई लिमिटेड २०७१/७२ र २०७२/७३ आयकर २०७३/७४ को संसोधित कर विरुद्ध सर्वोच्च अदालतमा पुरावेदन दिएको थियो । सरकारको नयाँ प्रस्तावपछि फिर्ता लिएको हो ।