झिनो अंकले घट्यो नेप्से, कारोबार रकम खुम्चियो


काठमाडौंँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ४(६४ अंकले घटेर २६९६.६७ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको बढेको छ भने ९ उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार सेन्ट्रल फाइनान्स कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको २७ करोड १४ लाख १७ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज एभरेष्ट कलरका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ ।

कुथेली बुखुरी स्मल हाइड्रोपावर लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ६.०७ प्रतिशतले घटेको छ ।

कुल ३४२ कम्पनीको एक करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।