सुनसरी घटना : प्रधानमन्त्री शाहको उपस्थिति फेसबुक ‘स्टाटस’मा मात्रै,सर्वदलीय बैठकमा पनि सहभागि भएनन्


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएका छन् ।

सुनसरीको कप्तानगञ्जमा दुईसमुदायबिच भएको तनावले अफ्ठेरो परिस्थिति सिर्जना भएपछि बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री शाह अनुपस्थित भएका हुन् । दुईदिनसम्म प्रधानमन्त्री शाहले अग्रसरता नलिएपछि सभापति लामिछाने आफैले सर्वदलीय बैठक बोलाएका थिए ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री शाह आएनन् । मध्यरातमा मात्रै प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुक स्टाटस लेखेर सदभाव कायम राख्न आग्रह गरेका छन् ।

गम्भीर सङ्कटका बेला पनि प्रधानमन्त्री शाहले अग्रसरता लिन नसकेको र समाजिक सञ्जालमा स्टाटसमात्रै लेखेको भन्दै आलोचना भएको छ । सुनसरीमा सोमबार रातिदेखि दुई समुदायबिच झडप भएपछि तनाव कायमै छ ।

प्रधानमन्त्रीले अग्रसरता नदेखाएपछि सभापति लामिछानेले आज विहान ८ बजेपछि सिंहदरबारमा बैठक बोलाएका थिए । तर प्रधानमन्त्रीको उपस्थिति भएन । यस्ता गम्भीर घटनामा प्रधानमन्त्री आफैले अग्रसरता लिने प्रचलन हुन्छ ।