बुधबार पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द


काठमाडौँ । नेपाल चिकित्सक संघले आजपनि देशभरका अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोडफोडको घटनामा संलग्नमाथि कडा कानुनी कारबाही नभएको भन्दै संघले मंगलबार देखि आन्दोलन सुरु गरेको हो ।

आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आज विहान १० बजे काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौँ बाहिरका जिल्लामा भने प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने र आफ्ना कार्यस्थलमा धर्ना तथा विरोध प्रदर्शन गरिने जनाइएको छ।

चिकित्सक संघले घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।