काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सर्वदलीय बैठक आह्वान गरेका छन् । सुनसरीमा भएको घटनाका विषयमा छलफल गर्न मुख्यमन्त्री कार्कीले बैठक आव्हान गरेका हुन् ।
बैठक दिउँसो १२स्३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बस्ने प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलबताए ।
बैठकमा सुरक्षा निकाय सहित सुनसरीका प्रदेश सभासद र राजनीतिक दलका नेताहरू पनि उपस्थित हुनेछन् । बैठकमा शान्ति सुरक्षा र सामाजिक सद्भावलाई कायम राख्न छलफल हुने र प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपले नागरिकसम्म पुर्याउनको लागि अगाडि बढाउने तयारी छ ।


प्रतिक्रिया दिनुहोस्