काठमाडौँ । नेपालमा बाघको संख्यामा तिव्र वृद्धि भइरहेको छ । पछिल्लो राष्ट्रिय बाघ गणना २०८२ का अनुसार देशभरका संरक्षित क्षेत्र तथा तिनीहरूसँग जोडिएका वन क्षेत्रहरूमा गरी कुल ४२९ वटा वयस्क बाघ फेला परेका छन्।
बाघको मुख्य बासस्थान मानिएका देशका पाँचवटा राष्ट्रिय निकुञ्ज र तिनीहरूका आसपासका वन क्षेत्रहरूमा गरिएको विस्तृत अध्ययन तथा गणना पछि यो नतिजा निकालिएको हो। जस अनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्ज र त्यससँग जोडिएको वन क्षेत्रमा पाइएका छन्, जहाँ कुल १४५ वटा वयस्क बाघ सूचीकृत भएका छन्।
चितवनपछि बर्दिया राष्ट्रिय निकुञ्ज र त्यस आसपासको क्षेत्रमा बाघको संख्या रहेको देखिएको छ। बर्दिया क्षेत्रमा ११२ वटा वयस्क बाघ गणना गरिएका छन्। यसैगरी पर्सा राष्ट्रिय निकुञ्ज र त्यससँग जोडिएको वन क्षेत्रमा ७१ वटा बाघ भेटिएका बाघको संख्या सार्वजनिक कार्यक्रममा जानकारी दिइएको छ।
पश्चिम नेपालका अन्य दुई प्रमुख बासस्थानहरू बाँके र शुक्लाफाँटामा पनि बाघको संख्या उल्लेख्य रहेको छ। बाँके राष्ट्रिय निकुञ्ज र त्यसको संलग्न वन क्षेत्रमा ५१ वटा बाघ पाइएका छन् भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा त्यस वरपरको वन क्षेत्रमा ५० वटा वयस्क बाघ दर्ता भएका छन्।


प्रतिक्रिया दिनुहोस्